निजगढ,नेपाल विद्युत प्राधिकरणको निलम्बिनमा पर्नुभएका कर्मचारी दिनेश शिवाकोटीले आफ्नो जीवन रक्षाका लागि राष्ट्रपति रामचन्द्र पौडेल, गृहमन्त्री रवि लामिछाने र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतसंग आग्रह गर्नुभएको छ ।प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई नियत राखेर कुनै कारण बिना निलम्बन गरेको भन्दै शिवाकोटीले सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गरी आफूमाथि गरिएको निलम्बन फुकुवा गर्न माग पनि गर्नुभएको छ ।

सामाजिक सञ्जालमा अतिगोप्य सूचना चुहाएको र पेस्की फर्छ्यौट नगरेको भनी झुटा आरोप लगाएर गत फागुन २३ गते दुई महिनाका लागि निलम्बन गरिएको भन्दै छैटौँ तहका सहायक इन्जिनियर शिवाकोटीले आफ्नो निलम्बन फुकुवा गरी दोषीमाथि कारबाही गर्न पनि माग गर्नुभएको छ ।निजगढ नगरपालिका वडा नम्बर ९ निवासी सहायक इन्जिनियर शिवाकोटीले न्याय नपाए आत्मदाह गर्ने चेतावनी दिनुभएको छ ।

Leave a Reply