निजगढ,बढदो गर्मीका कारण निजगढ नगरपालिकाले २ दिनको लागि विद्यालयहरुमा विदा दिएको छ । निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले हिजो एक सूचना जारी गर्दैै बिहीवार र शुक्रवार गरी २ दिनको लागि नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिनुभएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बर्तौलाले जारी गरेको सूचनामा चर्को गर्मीसंगै तातो हावा लु चल्ने शंभावना भएकोले विद्यालयहरुमा नियमित पठनपाठन कार्य असहज भई विद्यार्थीहरुको स्वास्थ्यमा समेत पर्नसक्ने प्रतिकुल प्रभावलाई ध्यानमा राखेर बर्षे बिदाबाट कटौति हुने गरी विद्यालयहरुमा २ दिन बिदा गरिएको जनाइएको छ ।यसैबीच कलैया नगरपालिकाले पनि गर्मीका कारण नगरभित्रका विद्यालयहरुमा २ दिन बिदा दिने निर्णय गरेको छ ।

















