वीरगञ्ज,पर्सा प्रहरीले ठूलो परिमाणमा लागू औषधसहित एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई घर भएका ४८ बर्षिय विनोद गुप्ता रहेका छन् ।गुप्तालाई नेपालमा प्रतिबन्धित लागू औषध नाइट्रोभेट ट्याब्लेट एक हजार ८०० पिससहित पक्राउ गरिएको पर्साका प्रहरी नायब उपरक्षिक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार सोमवार दिउँसो वीरगञ्जको पावर हाउस चोकबाट गण्डक चोकतर्फ पैदल जाँदै गरेका गुप्तालाई प्रहरीले पावर हाउस चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उनको शरीर खानतलासी गर्दा उनले बोकेको कालो प्लाष्टिकको झोलाबाट ३० ट्याब्लेटका दरले ६० पत्तामा एक हजार ८०० पिस प्रतिबन्धित लागू औषध नाईट्राभेट ट्याबलेट फेला परेको थापाले बताउनुभयो ।लागू औषधसहित पक्राउ परेका गुप्तालाई प्रहरी हिरासतमा राखेर लागू औषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जानकारी थापाले दिनुभयो ।

Leave a Reply