बिदुर खडका

डुमरवाना,सिमराको प्रगतिशील चोकका बासिन्दाहरु सडक मर्मतको माग गर्दै आन्दोलनमा उत्रिएका छन । सिमरा दूरसंञ्चार कार्यालय भवनबाट एयरपोर्ट हुदै औराह पुग्ने सडक मर्मतको माग गर्दै स्थानीयले बुधवार बिहान १ घंन्टासम्म सडकमा चक्का जाम गरेकाहुन ।

जीतपुरसिमरा वडा नम्बर १ र ४ मा पर्ने यस क्षेत्रको सडक भत्किएको लामो समय भइसक्दा पनि मर्मत नहुँदा स्थानीय बासिन्दाले सास्ति बेहोर्दै आएका छन । जिल्लाका कतिपय पालिकाको ग्रमीण क्षेत्रमा पर्ने सहायक सडकहरु पनि पक्की बनिसकेको अवस्थामा सिमराको अतिव्यस्त सडक मर्मतको माग राखेर स्थानीयले चक्का जाम गरेका हुन ।

जीतपुरसिमरा उपमहानगरपालिका प्रवक्ता एंव वडा नम्बर ४ का वडा अध्यक्ष भोजबहादुर खत्री र वडा नम्बर १ का अध्यक्ष हिराबहादुर गुरुङ्गले आगामी कार्तिक महिनासंम्ममा सडक व्यबस्थित गरने प्रतिबद्धता जाहेर गरेपछि स्थानीयले सडक सुचारु गरेका थिए ।

प्रदेस सरकार, सडक विभाग र नगरपालिका कार्यालयमा सडक मर्मतको माग पटक पटक अनुरोध गर्दा समेत कसैले पनि चासो नदिएपछि चक्का जाम गर्नु परेको मधेस प्रदेस सभा सदस्य सोभा लामाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here