जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका– ५ बकुलिया भवानीपुरमा निर्माणाधीन अवस्थामा रहेको भवानीपुर बकुलिया खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गठन गरिएको छ ।करिब २२ वर्ष अगाडि निर्माण सम्पन्न भएको खानेपानी ट्यांकी अझै संचालनमा नआएको र संचालनमा ल्याउनको लागि स्थानीय हरेराम कामीको अध्यक्षतामा ११ सदस्यीय उपभोक्ता समिति गठन गरिएको वडाध्यक्ष दिपेन्द्र चौधरीले बताउनुभयो ।

लामो समयदेखि उपभोक्ता समिति विहिन अवस्थामा रहेको भवानीपुर जीतपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको गठन भएसंगै स्थानीयमा पानि ट्यांकी संचालनमा आउने र शुद्ध पिउने पानीको प्रयोग गर्न पाइने आशा पलाएको वडा अध्यक्ष चौधरीको भनाई छ ।

Leave a Reply