निजगढ,निजगढ प्रहरीले टाँगियाबस्तिबाट लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठको कमाण्डमा खटिएको टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ स्थित टाँगियाबस्तिबाट स्थानीय वर्ष २७ को अजय घलान (कान्छाराम तामाङ)लाई मंगलवार दिउसो लागू औषधसहित पक्राउ गरेको हो ।घलानको घर खानतलासी गर्ने क्रममा प्रहरीले ड्रामाटोल १ हजार २ सय ५, पिस नाईट्राभेट ७५ पिस र एन्टिकफ ६६ पिस गरि जम्मा १ हजार ३ सय २० पिस बरामद गरेको जनाएको छ । पक्राउ परेका घलानलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
















