निजगढ,निजगढ नगरपालिका वडा नम्बर ६ स्थित श्री कृष्ण प्रणामी मन्दिरको ३१औं वार्षिकोत्सवको अवसरमा सोमवार निजगढमा मोटरसाइकल ¥यालीको आयोजना गरिएको छ ।मन्दिरको बार्षिकोत्सवको अवसरमा आयोजना गरिएको ५ दिने कार्यक्रम अन्तर्गत निजगढ नगर स्तरीय मोटरसाइकल ¥याली निकालिएको हो । मन्दिर परिसरबाट निकालिएको सो ¥यालीले निजगढका विभिन्न क्षेत्रको परिक्रममा गरेको थियो । मोटरसाइकल ¥यालीमा बारा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनालीलगायत सयौंको सहभागिता रहेको थियो ।

मन्दिर समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले दिएको जानकारी अनुसार वार्षिकोत्सवको अवसरमा श्रीमद् तारतम सागर पाठ– परायणसहित दन्त शिविर र रक्तदान कार्यक्रमको समेत आयोजना गरिने भएको छ । उहाँले चैत्र १ गते कलश यात्रा, चैत्र २ गते रक्तदान र चैत्र ३ गते दन्त शिविर आयोजना गरिने बताउनुभयो । त्यसैगरी वार्षिकोत्सवको अवसरमा हुने श्रीमद् तारतम सागर पाठ– परायणमा कृपासिन्धु मेहेर सागर आश्रम शुक्लैयाका प्रमुख संचालक साहित्याचार्य श्रीजनार्दन घिमिरे तथा श्री कृष्ण प्रणामी समाजकी प्रखर वक्ता विद्धुषी उषा घिमिरेले संगीतमय श्रीकृष्ण कथा प्रवचन गर्ने कार्यक्रम रहेको छ ।सोही अवसरमा हरेक दिन बिहान पुष्प अर्पण, दिउसो ब्रह्मवाणी प्रवचन र साँझ सन्ध्याकालिन सेवा पूजा र राति ८ बजेदेखि १० बजेसम्म रासरामत झाँकी एंव भजनकिर्तन गरिने मन्दिर समितिका अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो ।

Leave a Reply