पुष्पराज खतिवडा
मनहर्वा,बाराको सिमरामा शनिवार राति भएको बस दुर्घटनामा एकजनाको मृत्यु हुनुको साथै ११ जना घाइते भएका छन ।
चितवनको जलवीरेबाट पिकनिक मनाएर राति १० बजे वीरगञ्जतर्फ जादै गरेको ना ७ ख ४७४९ नम्बरको तारकेश्वर ट्राभल्सको बस सडक पार गर्दै गरेको मोटरसाइकललाई जोगाउने क्रममा अनियन्त्रित भएर सिमरा चोकस्थित राष्ट्रिय वाणिज्य बैंक रहेको घरमा ठोक्किन पुगेको थियो ।उक्त दुर्घटनामा भारतको मोतिहारी जिल्ला पोखरिया पपरिया ढाका करैया घर भई हाल वीरगञ्ज महानगरपालिका ७ बस्दै आएका २७ वर्षीय मुकेश साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।घाइते मध्ये अधिकांश वीरगञ्जको गहवा टोलका निवासी छन् । उनीहरूमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घाइते हुनेहरूमा वीरगञ्ज महानगरपालिका ८ गहवाका ३० वर्षीय सुरज साह कानु, १८ वर्षीय प्रीया गुप्ता, १६ वर्षीय मनिषा साह, २३ वर्षीय सेजल गुरूङ, ५२ वर्षीय ललन चौरसिया, २७ वर्षीय राजन कुमार गुप्ता, २८ वर्षीय मोहन साह कानु रहेका छन् ।यस्तै दुर्घटनामा बाराको कलैया उपमहानगरपालिका २० का ४५ वर्षीय वीरबहादुर महतो, कलैया ७ का १८ वर्षीय प्रसाद गुप्ता, कलैया ७ कै ३५ वर्षीय अविनाश गुप्ता र बसका सहचालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका २ का १९ वर्षीय अनीश राई पनि घाइते भएका छन् ।घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here