काठमाण्डौं,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो शुक्रवार असार २८ गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने भएको छ ।उहाँले हिजो सङ्घीय संसद् सचिवालयका महासचिवलाई पत्राचार गरेर विश्वासको मत लिने व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो । सत्ता साझेदार प्रमुख घटक नेकपा (एमाले) ले अस्ति बुधवार सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लाग्नुभएको हो ।

संविधानमा कुनै दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनैपर्ने बाध्यकारी व्यवस्था छ । प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) का ३२, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २१, नेकपा (एकीकृत समाजवादी) का १० र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बाट अलग भएका सात जना सांसद अहिलेसम्म विश्वासको मतको पक्षमा देखिन्छन् ।बहुमतका लागि आवश्यक सांसदको सङ्ख्या एक सय ३८ पु¥याउन प्रधानमन्त्री प्रचण्डले थप ६८ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ ।

Leave a Reply