धिरेन्द्र तिवारी
कलैया,कलैयामा सुविधा सम्पन्न २५ शैयाको अस्पतालको सोमवार उद्धाटन भएको छ ।कलैया उपमहानगरपालिका वडा नम्बर ५ स्थित कलैया–वीरगञ्ज सडक नजिकै संचालन गर्न लागिएको ए – पलस हस्पिटल एण्ड ट्रमासेन्टरको जसपाका केन्द्रिय सदस्य रामकिशोर यादवले एक कार्यक्रमबीच उद्धाटन गर्नुभएको हो ।

ए प्लस हस्पिटल एण्ड ट्रमासेन्टरमा स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर नौनिताराज पाण्डेको नेतृत्वमा पेट, छाती, घाँटी, नसा, तथा प्रसुती, बालरोग विशेषज्ञ लगायतका विशेषज्ञ चिकित्सकहरुको २४सैं घण्टा सेवा उपलब्ध हुने अस्पतालका सिओ सुनिलकुमार उपाध्यायले जानकारी गराउनुभयो । अस्पतालमा डिजिटल ऐक्सरे, आधुनिक ल्यबसहित फार्मेसीको सुविधासमेत उपलब्ध रहेको उपाध्यायले जानकारी दिनुभएको छ ।

त्यस्तै संचालक विकेशकुमार पाण्डेले अस्पतालमा ईमर्जेन्सी वार्ड, पोस्पेट वार्ड आईसु वार्ड, यनआईसु वार्ड, जेनर्ल वार्डसहितको सेवा उपलब्ध हुने जानकारी दिनुभयो । उहाँले अस्पताल व्यवासाय गर्नका लागि मात्रै नभएर मानवीय सेवाको लागि संचालन गरेको बताउनुभएको थियो ।उद्धाटन कार्यक्रममा बोल्दै जसपा केन्द्रीय सदस्य यादवले ए– प्लस अस्पताल नामले मात्रै प्रचलित नभएर सेवाले पनि प्रचलित हुनुपर्ने बताउनुभयो । उहाँले अस्पताल संचालक विकेशकुमार पाण्डे बिरामीहरुको उपचार र सेवामा समर्पित र अनुभवी डाक्टर भएकोले अस्पतलको सेवाबाट सर्वसाधारण लाभान्वित हुने पनि बताउनुभयो ।

हस्पिटलका संचालक एवंम बरिष्ठ फिजिसियन तथा डाक्टर पाण्डेको अध्यक्षतामा भएको सो कार्यक्रममा अर्का अतिथि मधेस प्रदेश सभाका पूर्व सदस्य पारस साह तेलीले डाक्टर पाण्डेले ए प्लस हस्पिटलमा उपचार गराउन आउने बिरामीहरुलाई कम खर्चमा निको पारेर घर फर्काउने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा विवेकशील पार्टीका नेता डा. सुशिल साह तेली, संचारकर्मी सिकेन्द्र पासावान, अनिल पाण्डे, जिउतप्रसाद यादव, भोला पौडेल, रमेश ठाकुर, अनिलकुमार पाण्डे, दिपलाल पटेल, जनमत पार्टीका नेता शिवनाथ पटेल, डाक्टर पंकज तिवारी, प्रादेशिक अस्पताल कलैया व्यवस्थापन समितिका अध्यक्ष प्रकाश चौगाई, अखिलेश तिवारी, पूर्वशिक्षक प्रेमलाल पाण्डे, शिक्षिका पुनम देवी पाण्डे, जनमतका युवा नेता विकासकुमार सिंह, वडा नम्बर ६ का वडा अध्यक्ष रामबिश्वास ठाकुर, देवताल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष अरुणकुमार सिंहले ए पलस अस्पताल एण्ड ट्रमासेन्टरको सफलताको लागि शुभकामना कामना व्यक्त गरेका थिए ।कार्यक्रमको संचालन प्रियान्का पाण्डेले गर्नुभएको थियो ।

Leave a Reply