कृष्ण मोहन साह
सेढवा – कोरोना भईरसको संक्रमणबाट बच्नका लागि पर्साको जगरनाथपुर गाउँपालिकाले प्रत्येक वडाको सार्वजनिक स्थलमा हात धुने व्यावस्था गरेको छ । आइतबार जगरनाथपुर गाउँपालिकाको सार्वजनिक स्थानहरुमा हात धुनका लागि पानी सहितको बाल्टिन र साबुन राखिएको छ ।
गाउँपालिकाले आइतबारदेखि गाउँपालिकाका सबैजनालाई साबुन र मास्क वितरण गर्ने जनाएको छ । जगरनाथपुर गाउँपालिकाका २० हजार जनतालाई घर घरमा गएर प्रत्येक व्यक्तिलाई साबुन र मास्क वितरण गर्ने गाउँपालिका अध्यक्ष जालिम मियाँले जानकारी दिनुभयो ।
मास्क बितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिसमिल्लाह खातुन गापा सबै वडाका वडा अध्यक्षहरु , समाजबादी पार्टीका युवा नेता सरिफ गद्दी लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधि र स्वास्थकर्मी र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।