धिरेन्द्र तिवारी
कलैया,बाराको फेटा गाउँपालिका वडा नम्बर ७ गम्हरिया टोलमा नवनिर्मित स्वास्थ्य चौकीको एक कार्यक्रमबीच मंगलवार उद्घाटन गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि तथा फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी र प्रमुख प्रशाशकीय अधिकृत कमलेशकुमार मिश्रले संयुक्त रूपमा रिबेन काटेर स्वास्थ चौकीको उद्घाटन गर्नुभएको हो ।
उद्घाटनपछि बोल्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिश्रले संघीयता आएपछि गाउँगाउँ र टोलटोलमा स्वास्थ्य शिक्षा र स्वास्थ्यसंग सम्बन्धित भौतिक पूर्वाधारहरुमा विकासको लहर आएको बताउनुभयो । त्यसैको परिमाण स्वरुप फेटा गाउँपालिका वडा नम्बर ७ मा पुरैनिया स्वास्थ्य चौकीको उद्घाटन भएको मिश्रको भनाई थियो ।कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष अन्सारीले पुरैनिया स्वास्थ्य चौकीबाट स्थानीय बिपन, गरिब, असहाय, दलित र पिछडिएका समुदायको उपचार सेवामा सहज हुने बताउनुभयो ।
त्यस्तै अर्का अतिथि गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख राममनोहर साहले स्वास्थ्य शिक्षाको अभावमा सर्वसाधारणले सामान्य बिरामी हुदा पनि चिकित्सकको सल्लाह बिना नै अत्याधिक मात्रामा एन्टिबायोटिक औषधि सेवन गर्दैआएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । शाखा प्रमुख साहले सामान्य बिरामी भएकाहरुले सबैभन्दा पहिला गाउँकै स्वास्थ्य चौकीमा चेकजाँच गराएर स्वास्थ्यकर्मीको सल्लाहअनुसार औषधि सेवन गर्न आग्रह गर्नुभयो । त्यस्तै उहाँले स्वास्थ्यकर्मीहरुलाई पनि स्वास्थ्य संस्थाबाट नियमित र प्रभावकारी रुपमा सेवा प्रदान गर्न आग्रह गर्नुभएको थियो ।
पुरैनिया स्वास्थ्य चौकीको नवनिर्मित भवन निर्माण गर्न अहम भूमिका निर्वाह गरेकोमा गाउँपालिका अध्यक्ष अन्सारी, प्रमुख प्रशासकीय अधिकृत मिश्र, गाउँपालिकाकी उपाध्यक्ष निलम साह, वडा अध्यक्ष पप्पु सिंह, पुरैनिया स्वास्थ्य चौकीका ईन्चार्ज अनिलकुमार साहलगायत वडाबासीहरुलाई स्वास्थ्य शाखा प्रमुख साहले धन्यवाद दिनुभएको थियो ।वडा अध्यक्ष सिंहको अध्यक्षता सम्पन्न कार्यक्रममा भलुहिभरवलीया स्वास्थ्य चौकी प्रमुख अमितलाल यादव, जगतपुर अधारभूत स्वास्थ चौकीका प्रमुख अरबिन्द चौधरी, फेटा स्वास्थ्य चौकीका प्रमुख लालबाबु प्रसाद, बतारा स्वास्थ्य चौकीका प्रमुख बडेलाल साह, नेकापा एमालेका नेता पुलिस मियाँ, गाउँपलिकाका आईटी अफिसर श्याम साहलगायत पालिकाका विभिन्न शाखाका प्रमुखहरुको सहभागीता रहेको थियो ।कार्यक्रमको संचालन सुनिलकुमार साहले गर्नुभएको थियो ।
















