रौतहट,चन्द्रपुर नगरपालिका वडा नम्बर ७ नयाँबस्तीमा दलित समुदाय बस्दै आएको झुपडी (घर) डिभिजन वन कार्यालय रौतहटका वन सुरक्षाकर्मीको टोलीले भत्काएको छ।वन अतिक्रमण गरी बनाएको भन्दै कार्यालयका सुरक्षाकर्मीले स्थानीय धर्मेन्द्र मली डोम, जुगेशर हजारी, अशोक पासवान, विवेक पासवानको घर भत्काएका हुन । घर भत्काएपछि ४ वटा परिवार बिचल्लीमा परेको धर्मेन्द्र मली डोमले बताउनुभयो । बिना सूचना वन कर्मचारी एक्कासी आएर वर्षौदेखि बस्दै आएको आफूहरुको झुपडी भत्काएको उनीहरुको गुनासो छ ।घर भत्किएपछि बिचल्ली भएको अब कहाँ र कसरी बस्ने भन्ने चिन्ताले सताएको बिबेक पासवानले दुःख पोख्नुभएको छ ।वन क्षेत्र अतिक्रमण गरि झुपडी बनाएको र पटक पटक हटाउन सूचना गर्दा पनि खाली नगरेपछि शनिवार वन कर्मचारीहरुको टोली गएर भत्काएको चन्द्रनिगाहपुर सब डिभिजन वन कार्यालयका साहयक वन अधिकृत रामकेवल राय यादवले जानकारी दिनुभयो ।

Leave a Reply