कलैया,बारा प्रहरीले चेक अनादर मुद्दाका २ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।प्रहरीले कलैया उपमहानगरपालिका ६ का वर्ष ३० का आनन्द तिवारी र सोही ठाउँ बस्ने वर्ष ३५ का अशोककुमार गुप्तालाई लुकिछिपी बसेको अवस्थामा शुक्रवार पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठका अनुसार चेक अनादर मुद्दामा बारा जिल्ला अदालत कलैयाबाट जरिवाना सजाय तोकिएपछि फरार रहदैआएका उनीहरुलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाइएको छ ।



















