वीरगञ्ज,वीरगञ्जको घण्टाघरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । समाज परिवर्तन नेपालद्वारा आयोजित कार्यक्रममा ५ जना महिलासहित ५५ जनाले रक्तदान गरेका छन् ।समाजका अध्यक्ष अकलेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिमी कर्ण, नरोतम पटेल, नेहा मण्डल, नेहा चौरसिया, सन्जु चौरसिया, अकलेस साह, संदिप महतो, राकेश साह गोंड, भगवान कुर्मी, अवधकिसोर यादव, अरुणकमार साह, विकास साह कानुलगायतले रक्तदान गरेका हुन् ।

नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले रक्तदान जस्तो पूण्य कार्यमा सरिक हुन सबैलाई आग्रह गर्नुभयो । रक्तदान गरेर जीवनदान गर्नआग्रह गर्दै उहाँले पछिल्लो समय रगतको अभाव बढ्दै गएको हुँदा युवाहरु रगतको बढ्दो मागलाई परिपूर्ती गर्न अग्रसर हुनुपर्ने धारणा राख्नुभएको छ ।कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्राविधिक धिरेन्द्र झा, जितेन्द्र कुशवाहा, संस्थाका सचिव राहुल साह, कोषाध्यक्ष रोशन सर्राफ, सहसचिव धर्मेन्द्र पटेल, एसके चौरसिया लगायतले प्राविधिक सहयोग गरेका थिए ।

Leave a Reply