२०७२ साल बैशाखमा आएको भूकम्पले जेनतेन उठ्ने प्रयास गरिरहेको नेपाललाई फेरि एक पटक त्यही भूकम्पले थला पारिदिएको छ । मस्त निन्द्रामा रहेका पश्चिम नेपालमा शुक्रवार राति आएको भूकम्पले वास्तवमा धेरै जनधनको क्षति भएको छ नै र यसले देशलाई पनि निकै समस्या सृजना गरेको छ ।एक त बिना कारण आफ्नो स्वार्थका लागि नै भन्दा पनि हुन्छ नेपालमा विगतमा भएको सशस्त्र आन्तरिक संघर्षले निकै पछाडि धकेलिएको नेपालमा यस्ता विपत्तिले झनै विनास गर्ने गरेका छन् ।शुक्रवार खासगरी जागरकोट र रुकुम पश्चिममा आएको विपत्तिले भूकम्पको विषयमा फेरि नयाँ अध्ययन अनि नयाँ खोज आवश्यक रहेको पनि देखिएको छ । २०७२ सालको भूकम्पले नेपाललाई केही सन्देश दिएको छ र अब घरहरु विगतका जस्ता हुँदैनन् भनिए पनि अवस्था त्यस्तो नभएको कुरा पनि शुक्रवारबाट भूकम्पले दिएको छ । नेपालको ग्रामीण भेगमा निर्मित घरहरु अझै पनि सुरक्षित नभएको देखिन्छ ।तिहार मनाउने तयारीमा रहेका त्यो क्षेत्रका नागरिकहरुको खुसी भूकम्पले खोसिदिएको छ । नेपालमा भूकम्प जहाँ र जहिले पनि जान सक्ने तथ्य भने सबैले बुझिरहन आवश्यक छ । विपत्तिको बेलामा सरकार र प्रतिपक्ष भन्ने कुरा पनि नगरौं । सकेको पीडित नागरिकहरुलाई सहयोग गरौं । घाइतेलाई बचाउनका लागि पहिला प्रयास गरौं घरबार विहिन भएकाहरुको बासको व्यवस्था गरौं । सरकारको मात्र मुख नताकौं । पीडामा रहेका त्यस क्षेत्रका नागरिकहरुको सहयोगमा सबै जुटौं ।

Leave a Reply