रतनपुर,निजगढ नगरपालिका वडा नम्बर १३ भक्तलालस्थित श्री भगवती आधारभूत विद्यालयले दशै तिहारको असरमा शुभकामना आदानप्रदान गरिनुको साथै प्रतियोगितात्मक संस्कृतिक कार्यक्रमको आयोजना गरिएकोे छ ।

सांस्कृतिक कार्यक्रमतर्फ नृत्यमा भगवती आधारभूत विद्यालयकी सुस्मिता लामा, सरिता लामा, रोनिका मोक्तान, प्रित लामा, रिता लामा, मनिषा बोमजन, भरुषा बल, अर्चना लामा, बलि लामा, सिर्जना लामा, सध्या गोले र शिवशक्तेश्वर आधारभूत विद्यालयको तर्फका बिनिसा गोले, आकृति थिङ्ग, रेबिका दोङ्ग, बबिता प्रजा, निशान सुनुवार, दृष्टि वि.क., सुस्मिता पाख्रिन, बिनीता पाख्रिन, प्रिती रुम्बा, बिपना गोलेलगायतका छत्रा(छात्राहरुले नुत्य प्रतिभा प्रदर्शन गरेका थिए ।

त्यस्तै खेलकुदतर्फ भने तातो आलु बलिङ्ग आउटमा शिवशक्तेश्वर आविका रोहन घलान प्रथम, सुमन थिङ्ग द्वितीय र समिर घलान तृतीय बनेका छन ।

त्यसैगरी सोही खेलमा भगवती आविका प्रकाश लामा प्रथम, जीभा लामा द्वितीय, धिरज घलान तृतीया र घ्याम्पो फुटाइतर्फ आयुष लामा प्रथम भएका छन भने चम्च भागदौडतर्फ सिर्जना थिङ्ग प्रथम, नरेश स्याङबो द्वितीय र सोमलाल पाख्रिन तृतिय भएका थिए । नृत्य प्रतियोगीताको निर्णयकमा बुद्धिलाल स्याङतान (मिला), शिवशक्तेश्वरकी शिक्षिका मनु लामा, सुरेश लामा लगायत रहनुभएको थिए भने उक्त कार्यक्रमको सञ्चालन भगवती आविका शिक्षक कुशल लामाले गर्नुभएको थियो ।

वडा नम्बर १३ का अध्यक्ष सुर्य घलानको प्रमुख अतिथ्यतामा भएको सो कार्यक्रमको सभपतित्व र स्वगत मन्तव्य विद्यालयका प्रधानाध्यापक जीवन पाख्रिनले गर्नुभएको थियो । युवा समाजसेवी रोहन पाख्रिन र जय स्याङतानको संयुक्त सहयोगमा कार्यक्रमको आयोजना भएको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुकान्छा पाख्रिन, स्थानीय सामजसेवी रोशन पाख्रिन, बुद्धिलाल स्याङतानलगातले कार्यक्रमको महत्वको बारेमा बोल्दै दशैं तिहारको शुभकामना प्रदान गर्नुभएको थियो । कार्यक्रममा महिला वडा सदस्य फुलमाया स्याङतान, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ विश्वज्योती आधारभूत विद्यालयका शिक्षक जनक लामा, नेकपा एमालेको भातृ संगठन आदिवासी जनजाति महासंघ निजगढ नगरका कोषाध्यक्ष राजकुमार घलान, समाजसेवी जय स्याङतान, लालजित थिङ्ग, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply