राजन कुमार बानिया

पोखरिया,जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश परिषद सदस्य एवं युवा नेता शिवकुमार साहले प्रहरी चौकी महुवनलाई फायर सिलिन्डर र पानी तान्ने विद्युतीय मोटर हस्तान्तरण गर्नुभएको छ ।

स्थानीयस्तरमा सबैको घरमा ग्यास सिलिन्डर भएको र अशावधानीका कारण आगो लिक भएको अवस्थामा फायर सिलिन्डर नभएर स्थानीयलाई कठिनाइ भएको हुँदा प्रहरी चौकीबाट सेवा प्रदान गर्ने उद्देश्यले सो सहयोग गरिएको नेता साहले बताउनुभयो ।

कार्यक्रममा प्रहरी चौकी महुवनका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्णनन्दन ठाकुर, लखनपुरका वडा अध्यक्ष मुना राउत कमकर, जसपा नेपाल क्षेत्र नं.३ का अध्यक्ष नागेन्द्र यादव, क्षेत्र नं.३ (क) उपाध्यक्ष सिकेन्द्र सहनी, महुवनका पूर्ववडा अध्यक्ष रुपलाल यादव, रामबाबु साह तेलीलगायत स्थानीय जनप्रतिनिधि, नागरिक सामाजका अगुवा, प्रहरी प्रशासन, पत्रकार एवं स्थानीयको उल्लेखनीय सहभागिता थियो ।

Leave a Reply