हेटौँडा –  प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको राजधानी र नामाकरण सवैले एक मतका साथ टुङ्गो लगाउनुपर्ने वताउनुभएको छ । प्रदेश सभामा आजबाट सुरु भएको हिउँदे अधिवेशनको शुभाकामना व्यक्त गर्दै पौडेलले प्रदेको राजधानी र नामाकरण विना विवाद टुङ्गो लगाउन पनि आग्रह गर्नुभयो । यो अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुंगो लाग्ने भएकाले ऐतिहासिक हुने बताउनुभयो ।

 

 

 

 

 

 

सबैको चासोको विषय रहेको नाम र राजधानीको विषय टुंगो लगाउन सवै तयार रहेको वताउनुभयो । राजधानी र नामको टुंगो लगाउन सहज बनाउने क्रममा केही ढिला भएको भन्दै संविधानले व्यवस्था गरे अनुरुप मतदान प्रक्रियाबाट टुंगोमा पुर्याउने मुख्यमन्त्री पौडेलले वताउनुभयो ।

 

 

 

 

 

 

 

 

 

प्रदेशको राजधानी हेटौंडानै उपयुक्त छ–प्रतिपक्ष दलका नेता वाँनिया
प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले नेपाल देशको लागि पनि प्रदेशको राजधानी हेटौंडानै उपयुक्त रहेको वताउनुभयो । पहिले पनि उपयुक्त भएकाले तत्कालिन सरकारले प्रदेशको राजधानी हेटौंडा तोकेको वताउँदे उहाँले भन्नुभयो–‘हेटौंडा राजधानी सुरक्षाका दृष्टीकोणले पनि उपयुक्त छ । सेना, प्रहरीको कार्यालय पनि यही छ । संघीयताको अवधारणामा किन हेटौंडा राजधानी तोकियो भन्नेकुरा वुझ्न जरुरी छ ।

 

 

 

 

 

 

नेकपाले आफ्नो प्रदेश संसदीय दललाई निर्देशन दिने प्रक्रिया गलत भएको वताउँदे उहाँले संविधानले ३ तहको स्पष्ट कामको विभाजन गरेको भन्दै नेकपाले प्रदेश संसदीय दललाई निर्देशन दिनु प्रक्रियागत रुपमा गलत भएको बताउनुभयो । राजधानी र नाम केन्द्रबाटै भन्नुपर्ने भए जनतालाई २ बर्षसम्म किन अन्यौलमा राखेको वताउँदै उहाँले भन्नुभयो–‘ नेपाली कांग्रेसका सभापति एवं तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले दुरदर्शी ढंगले प्रदेशको राजधानी हेटौँडामा राखिएको हो । विगतमा पनि मध्यमाञ्चल विकास क्षेत्रको केन्द्र रहेको हेटौँडा हेटौँडाका जनता र सांसदहरुका लागि भन्दा पनि देशकै लागि आवशयक रहेको छ ।

 

 

 

 

 

 

सबैले आफ्नो घर र आँगन अगाडि राजधानी खोजेर नपाउने भन्दै उहाँले रणनीतिक अवस्थालाई हेर्नुपर्नेमा जोड दिनुभयो । संघीयतालाई पुरानै अवस्था फर्काउने खेल भईरहेको हुन सक्ने भन्दै कांग्रेसले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो । प्रदेशसभा वैठकमा सांसदहरु रमेश पौडेल, सुरेन्द्रराज घोछाई, रिता माझि, रिना गुरुङ, प्रेमबहादुर तामाङ, नरोत्तम वैद्य लगायतकाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply