कोल्हबी,बाराको कोल्हबी नगरपालिका– ८ नयाँबस्तीमा रहको सूर्यज्योति दुग्ध उत्पादक सहकारी संस्थाले दुधको रकम भुक्तानी गरेपछि किसानहरुले आइतवार दुध संकलन केन्द्र घेराउ गरेका छन ।सहकारीले किसानहरुले तीन चार वर्षदेखि बिक्री गरेको दुधको रकम उपलब्ध नगराएपछि पीडित किसानहरुले सहकारीको कार्यालयमा घेराउ गरेका हुन ।

लामो समयदेखि रकम नपाएपछि पीडित बनेका किसानहरूले संस्थाको कार्यालयमा घेराउ गरेर रकम भुक्तानीको लागि दबाब दिएको किसान नारायण पौडेलले बताउनुभयो ।सहकारीले झण्डै एक हजार किसानहरुको ८० लाख बराबरको दुधको रकम भुक्तानी दिन बाँकी रहेको स्थानीय किसानहरुको भनाई छ । सहकारीले एकजना किसानलाई मात्रै झण्डै दुई लाख भन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताइएको छ ।

किसानहरूले बारम्बार माग गर्दा पनि सहकारीको व्यवस्थापन र संचालकहरुबाट स्पष्ट जवाफ नआउने, लेखा परीक्षण दस्तावेज र भुक्तानी समयसीमा माग गर्दा उपलब्ध नगराइएको किसानहरुको गुनासो छ ।किसानहरुको आन्दोलनपछि सहकारी संस्थाका व्यवस्थापक श्रीराम चौधरीले आन्तरिक लेखा प्रक्रिया पूरा नभएको र संचालक समितिसंग सहकार्यमा छिट्टै समाधानको मार्ग निकालिने आवश्वासन दिएका थिए ।यता दुग्ध किसानहरूले आफरुहरुलाई पटक पटक आश्वासन दिएकाले अब लिखित प्रतिबद्धता नगरेसम्म आन्दोलन जारी रहने र कानुनी उपचारमा जाने चेतावनी दिएका छन् ।

Leave a Reply