कृष्ण मोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकास्थित एक घरमा आगलागी भएको छ । वडानम्बर १ महादेवपट्टीको ललितपुरस्थित नेटुवा बस्तीको एक घरमा आगलागी भएको हो ।स्थानीय मुन्ना नटको घरमा आगलागी हुँदा उनको घर जलेर पूर्ण रुपले नष्ट भएको ईलाका प्रहरी कार्यालय सेढवाका प्रहरी नायब निरीक्षक अशोक महतोले जानकारी दिनुभयो । आइतवार दिउँसो १ बजे अचानक विद्युत सर्ट भई आगलागी भएको उहाँले बताउनुभयो ।

आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । आगलागीका कारण घरमा रहेको नगद, गरगहना, अन्नपात लत्ताकपडा, भाडाकुडा जलेर नष्ट भएको छ । आगलागीबाट ५ लाख बराबरको क्षति भएको प्रहरीको भनाई छ ।
वीरगञ्जको महानगरपालिका र सखुवाप्रसौनी गाउँपालिकाको दुई वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो निभाइएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलिका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिनुभयो ।


















