धिरेन्द्र तिवारी
कलैया,बारा जिल्लामा दुई दिनमा ९ जनामा डेंगु रोगको संक्रमण भेटिएको छ ।
सोमवार र मंगलवार गरि २८ जाना संकास्पद बिरामीको रगत चेकजाँच गर्दा ९ जनामा डेङ्गो रोगको संक्रमण पुष्टि भएको हो । ९ जना संक्रमित मध्ये सबैभन्दा बढी कलैया उपमहानगरपालिकामा रहेको पाइएको जिल्ला जनस्वास्थ्य कार्यालयबाराका निमित्त प्रमुख रामनरेश यादवले जानकारी दिनुभएको छ ।
कलैया उपमहानगरपालिका वडा नं.१, ४, ६, ११ र १६ मा गरि ५ जना संक्रमित भेटिएको यादवले बताउनुभएको हो । त्यस्तै सिम्रौनगढ नगरपालिकाको वडा नं.४ र ७ मा दुई जना, कोल्हवी नगरपालिका वडा नं.९ मा एक जना र आदर्शकोतवाल गाउँपालिकाको वडा नम्बर ४ मा एक जना गरि ९ जनामा संक्रमणको पुष्टि भएको जनस्वास्थ्य प्रमुख यादवले जानकारी दिनुभयो ।
संक्रमण भेटिएका अधिकांश बिरामीहरु काठमाण्डौंबाट घर आएका व्यक्तिहरु रहेको यादवले जानकारी दिनुभयो । यो रोगको संक्रमण ईजिसटी नामको लामखुट्टेको टोकाइबाट फैलिने गरेको यादवले बताउनुभयो ।
कडा टाउको दुख्नु, उच्च जरो आउनु बान्ता हँुने, छाति दुख्नु जस्ता डेंगु रोगका लक्षण हुन । सुत्ने बेलामा नियमित रूपले झुल लगाएर सुत्ने, सबै शरीर ढाक्ने गरि कपडा लगाउने, घर वरिपरिको खाल्टोमा पानी जम्न नदिने, घर वरिपरि सफा गरेर राख्ने जस्ता उपाए अपनाउन सके यस रोगबाट बच्न सकिने जनस्वास्थ प्रमुख यादवले जानकारी दिनुभयो ।