मकवानपुुरको भीमफेदी गाउँपालिकामा रहेको एन्फाको एकेडेमीमा रहेका ६ जना विद्यार्थीहरुको शनिवार निधन भएको छ । पहिरोमा परेर उनीहरुको निधन भयो । अविरल बर्षापछि आएको पहिरोले ती परिक्षार्थी खेलाडी बालहरुको ज्यान लियो । पानी आयो, वर्षा भयो अनि पहरो गयो र पहिरोमा बालकहरु परे । झट्ट सुन्दा त सामान्य जस्तो लाग्ने यो विषय निकै गम्भीर छ । यसमा एन्फाको कमजोरी र लापारबाही पनि देखिन्छ ।

पहिलो कुरा त भौगोलिक रुपमा त्यहाँ संचालनमा रहेको एकेडेमी त्यति सहज छैन । यो विषयमा त अभिभावकहरुले बेलैमा चासो दिनुपर्ने थियो दिएनन् अब दोश्रो कुरा गरौं, मौसम प्रतिकुल हुदैछ भन्ने कुराको जनाऊ बारम्बार सार्वजनिक भएको हो । यस्तो अवस्थामा त्यस्तो स्थानमा ती बालकहरुलाई किन राखियो अनि किन फेरि उनीहरुलाई बर्षाकै बीचमा अन्य स्थानमा लान खोजियो । जुन ठाउँमा त्यो एकडेमी छ त्यो ठाउँ यसैपनि पहिरोको जोखिम युक्त ठाउँ हो ।

यो विषयमा एन्फाको प्रतिक्रिया वा कारबाही के होला त्यो त भविष्यको कुरा भयो तर जसले आफ्ना सन्तान गुमाए त्यो त निकै पीडाको कुरा नि । अनि देशका लागि पनि क्षति हो । यसमा एन्फाको कमजोरी र लापारबाही दुबै छ ।भिभावकहरुको कमजोरीको अहिले बहस नगरौं तर यो घटनामा भएको कमजोरीका विषयमा भने समीक्षा हुन आवश्यक छ । उक्त दुखद घटनामा परी ज्यान गुमाउने सबै बालकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here