कृष्ण मोहन साह
सेढवा, २९ कार्तिक । ठोरीमा रहेको बृद्धवृद्धा तथा असहाय कल्याण समाजलाई पोखरा महानगरपालिका बस्ने बिनोद परियारले शुक्रबार सहयोग गरेका छन् । शुक्रबार परियार आफैंले समाजमा आश्रय लिएर बसेका असहायहरुलाई भेटेर जाडो मौसममा न्यानो लत्ताकपडा वितरण गरेका थिए ।

 

 

पोखरामा स्थायी बसोबास गर्दै आएका परियारले २० थान कम्बल ,२० थान तन्ना र २० थान सिरानी वितरण गरेका बारे समाजका संरक्षक आश बहादुर गुरुङले जानकारी दिए । परियारले आगामी दिनमा पनि समाजलाई सहयोग गर्ने आश्वासन कार्यक्रम बिच दिएका समाजका संरक्षक गुरुङले जानकारी दिए । समाजका संरक्षक गुरुङले असहाय समाजलाई सहयोग गर्ने परियारलाई समेत धन्यवाद व्यक्त गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here