सिमरा,पथलैयामा जारी नकआउट फूटबल प्रतियोगिता अन्तर्गत मंगलवार भएको खेलमा सिमरा युनाईटेड विजयी भएको छ । सिमरा युनाईटेडले श्रीकृष्ण युवा क्लब पथलैयालाई १–० ले पराजित गरेको हो ।खेलको प्लेयर अफ दि म्याच सिमराका अन्जन चौधरी घोषित भए । चौधरीलाई श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका प्रध्यानाध्यापक शंकर आचार्यले पुरस्कृत गरेका थिए ।प्रतियोगिता अन्तर्गत बुधवार आयोजक पथलैया दिब्य ज्योती युवा क्लब र सिमरा ब्वाईजबीच खेल हुनेछ । यसअघि सोमवार भएको खेलमा चकरी फूटबल क्लबले बिबिवाईसी निजगढलाई टाईब्रेकरमा ४–२ ले पराजित गरेको थियो ।पुस ६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगद प्राप्त गर्नेछ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयको मुख्य सहयोगमा दिब्यज्योती युवा क्लबले आयोजना गरेको प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ ।

Leave a Reply