दिपेन्द्र जैसवाल
गन्जभवानीपुर,
बाराको करैयामाई गाउँपालिका वडा नम्बर ७ उमजनमा रहेको जनता माध्यमिक विद्यालयको ५५औं वार्षिक उत्सव शनिवार सम्पन्न भएको छ.।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वडा अध्यक्ष समेत रहुनुभएका बृज चौधरीको अध्यक्षतामा भएको सो कार्यक्रमको करैयामाई गाँउपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले पानसमा दिप प्रज्वलीत गरी उद्धाटन गर्नुभएको थियो ।
वार्षिक उत्सव समारोहमा कोल्हबी नगर पालिकाका नगर प्रमुख रामप्रसाद चौधरी करैयामाई गाँउपालिकाकी उपाध्यक्ष सुनैनाकुमारी चौधरी, विद्यालयक शिक्षक रामनाथ चौधरी, संञ्चारकर्मी महेन्द्र सहनी, विद्यालयका प्रधानध्यापक लक्ष्मण भट्टराई, विद्यालयका पूर्वप्रचार्य कन्हैयाप्रसाद चौधरी, नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी लगायतले विद्यालयको प्रगतिको लागि शुभकाना मंतव्य व्यक्त गरेका थिए ।
सोही समारोहमा विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक, विद्यालय व्यवस्थापन समितिका पूर्वपदाधिकारीहरु, विद्यालयमा अध्ययन गरेर विभिन्न सरकारी सेवामा प्रवेश गरेका महानुभावहरुलगायतलाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रममा विद्यालयका अभिभावकसहित स्थानीय राजनितिक दलका प्रतिनिधि, शिक्षा प्रेमी, बुद्धिजिवी र गाउँपालिकाभित्र रहेका सबै समुदायिक विद्यालयहरुका प्रधानध्यापकहरुको पनि उपस्थिति रहेको थियो ।

















