सिमरा,जीतपुरसिमरा उपमहानगरपालिकामा पहिलो पटक हुन लागेको जीतपुरसिमरा एक्सपोको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नेहुुनुभएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा फाल्गुन १८ गतेदेखि फाल्गुन २९ गतेसम्म हुन लागेको जीतपुरसिमरा महोत्सवको प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने निश्चित भएको संघका अध्यक्ष मोहन शर्मा लामिछानेले जानकारी दिनुभयो ।
संघका अध्यक्ष शर्माले प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई महोत्सवको उद्घाटन सहित प्रमुख आतिथ्यताका लागि औपचारिक निमन्त्रणा पेश गर्नुभएको थियो । अध्यक्ष शर्मासँगै प्रधानमन्त्री प्रचण्डलाई निम्ता दिन बारा क्षेत्र नम्बर ४ का संघीय सांसद एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसान पनि सिंहदरवार पुग्नुभएको थियो ।

















