सरकारले अहिले सेवा प्रवाहमा खोप कार्ड अनिवार्य गरेको छ । सेवा लिन जाने सबैले खोप कार्ड देखाउन आवश्यक रहेको भन्दै सरकारले अब खोप कार्ड आवश्यक भनेको छ । खोप कार्ड भनेको कोरोना बिरुद्धको खोप कार्ड आवश्यक भनिएको हो । यसका लागि लगभग सबै तहका सरकारले नियम बनाउदैछन् ।
खोप कार्डका लागि खोप अनिवार्य आवश्यक छ । खोप बिना कार्डको मात्रै आवश्यक छैन । त्यसैले खोप नै अनिवार्य भनिएको हो । अब कार्ड आवश्यक हो भने खोप अनिवार्य गरिएको हो भने खोप कति प्रभावकारी बनाइएको छ भन्ने बिषयमा समीक्षा गर्न आवश्यक छ । खोप नेपालको सवालमा अहिले सर्वसुलभ छ भनिएको छ ।
तेश्रो डोजको समेत खोपको ब्यवस्था सरकारले गरेको छ तर अझैपनि खोप नागरिकहरुको पहुँच भने छैन । एक त पहुँचमा भएकाहरुले बिभिन्न बाहाना बनाएर खोप लगाएका छैनन् र अर्को सहज पनि खोप छैन । सरकारले जुनसुकै स्वास्थ्य केन्द्रमा खोप सहज रुपमा लगाउने ब्यवस्था गरेको खण्डमा र नागरिकहरुले पनि खोपको महत्व बुझेको खण्डमा मात्रै पक्कै खोप कार्ड अनिवार्य ठीक होला ।













