कलैया,बारामा फागुन १३ गतेदेखि दादुरा रुबेला विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
सरकारको राष्ट्रिय खोप कार्यक्रम अनुसार जनस्वास्थ्य कार्यालय बाराले यही फागुन १३ देखि चैत ८ गतेसम्म अभियान सञ्चालन गर्न लागेको हो । ९ महिनादेखि १५ वर्ष उमेर समुहका २ लाख ३० हजार ३ सय १४ जना बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउने लक्ष्य अनुसार तयारी भएको हो ।अभियानको पहिलो चरणमा फागुन १३ गते देखि १७ गतेसम्म जीतपुरसिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, बिश्रामपुर गाउँपालिका, फेटा गाउँपालिका र कलैया उपमहानगरपालिकामा खोप लगाइने जानकारी दिनुभयो ।
यसैबीच जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ बकुलियामा बिहीवार दादुरा रुबेला खोप अभियान सन्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।नगर प्रमुख राजन पौडेलको अध्यक्षतामा भएको दादुरा रुबेला खोप अभियान २०८०-८१ सन्चालन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी प्रमुख आतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख रविकुमार भाष्करले जीतपुरसिमरा उमनपा क्षेत्रका सम्पूर्ण स्वास्थ्यकर्मीलाई खोप सम्बन्धी तालिम प्रदान गर्नुभएको थियो ।
सन् २०२६ सम्म नेपालबाट दादुरा रुबेला रोग पूर्णरुपमा निवारण गर्ने लक्ष्य अनुरुप जीतपुरसिमरा उपमहानगर क्षेत्रभित्रका ९ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई यही फागुन १३ गतेदेखि १७ गतेसम्म पालिकाका सबै स्वास्थ्य संस्थाबाट खोप उपलब्ध गराइने भाष्करले जानकारी दिनुभयो ।कार्यक्रममा जीतपुरसिमरा उमनपा उपप्रमुख भोलाप्रसाद अधिकारी, जीतपुरसिमरा उमनपाका प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसादलगायतको उपस्थिति थियो ।
त्यस्तै बाराको बारागढी गाउँपालिकाको खोपवामा पनि पालिका स्तरीय १ दिने दादुरा रुबेला खोप अभियान सम्बन्धी अभिमुखिकरण गोष्टी कार्यक्रम सम्पन्न भएको हो ।
बारागढी गाँउपालिका स्वास्थ्य शाखाको आयोजना भएको सो कार्यक्रम पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनीलप्रसाद केशरीको अध्यक्षतामा सम्पन्न भएको हो । गोष्ठीमा कार्यालयका जिन्सी शाखा प्रमुख महेशकुमार ठाकुर, आ.ले पा .प्रमुख, श्यामबाबु महतो, योजना प्रमुख रंजित साह, सूचना प्रविधि अधिकृत धुरेद्र ठाकुर, बारागढी गाँउपालिकामा रहेका स्वास्थ्य चौकीका प्रमुख स्वास्थ्यकर्मीहरु कैलाश यादव, पारसप्रसाद चौधरी, अरुणकुमार चौधरी, रामेश्वर चौधरी, विनोदप्रसाद चौधरी, रामबाबुप्रसाद साह, ईलाका प्रहरी बारागढीका प्रतिनिधि अनुप तमाङ्ग, संञ्चारकर्मीहरु दिपेन्द्र जैसवाल, रुपेश यादव, इन्दिरा चौधरी, राष्ट्रिय भूमि आयोग बारा जिल्ला अध्यक्ष छविलाल उप्रेती, पालिकाका कर्मचारी संजय चौधरी, बिनय चौधरी, श्रीकान्त बछार थारुलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाराका खोप सुपरभाइजर अधिकृत जितनप्रसाद चौधरी र गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश चौधरीले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।



















