कलैया,जिल्ला प्रहरी कार्यालय बाराले ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा घरमा भण्डारन गरी राखेको अवस्था प्रहरी कपडा बरामद गरेको हो ।बाराको महागढीमाई नगरपालिकाको वडा नम्बर २ निवासी मुकेश यादवको घरमा छापामारी गर्दा प्रहरीले ८ लाख मूल्य बराबरको कपडा बरामद गरेको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

बरामद गरिएको कपडा आवश्यक कारबाहीको लागि भन्सार कार्यालय वीरगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।यसैबीच जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलेर ल्याइएका १० लाख भन्दा बढी मूल्य बराबरको सामग्री बरामद गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ ईदगाह चोकस्थित सडकखण्डबाट प्रहरीले १० लाख ४ हजार ४ सय मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो ।भारतबाट भन्सार छलेर ल्याइएको लेडिज कपडा, बिरियानी पकाउने भाँडा, तथा अन्य सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ध्रुबकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठकाअनुसार ९४८ पिस लेडिज कुर्ता सुरवाल, ५ थान बिरियानी पकाउने भाँडा, २ पिस ठूलो भट्टी, २ थान सानो बाटी लगायतका सामग्री बरामद गरिएको हो ।बरामद सामग्रीलाई आवश्यक अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिनुभयो ।

 

Leave a Reply