बिदुर खडका

डुमरवाना,मिसन ग्रासरुट अन्तर्गत नेकपा एमाले निकट बुद्धिजिवी परिषदको डुमरवानामा भएको भेलाका वक्ताहरुले पार्टीभित्र गरिने आलोचना आत्मालोचनाको पद्दतिले पार्टीलाई थप बजबुद बनाउने बताएका छन ।उनीहरुले पार्टी कार्यकर्तामा नेताले जे भने पनि हसमात्रै भन्ने हनुमान शैलीको विकास भयो भने पार्टीमा लोकतन्त्र फस्टाउन नसक्ने र आमनागरिक पनि पार्टीमा समेटिन नसक्ने समेत जनाएका छन ।कार्यक्रममा नेकपा एमालेका नेता र कार्यकर्ताहरु पद लोलुप्त भएमा पार्टी जनताबीच लोकप्रिय हुन नसक्ने एमाले केन्द्रीय सदस्य अरबिन्द्र सिंहले बताउनुभयो ।पार्टीभित्र निडर भएर स्वच्छ आलोचना गर्ने कार्यकर्ता नै जनमैत्री हुनसक्ने सिंहको भनाइ छ ।भेलामा सहभागी बुद्धिजिवीहरुले एमाले नेत्रित्वभित्र गुट उपगुट हावी भएका पार्टीमा जनवादी केन्द्रीयता समाप्त भएको हो ।भेलालाई नेता मनोज पौडेल, राधेश्याम शिवाकोटी, किशोर शर्मा, सिताशर्मा, दिनेश्वर ठाकुर, चयन गुरुङ्गलगायतले संम्बोधन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here