कृष्ण मोहन साह

सेढवा,पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले शनिवार अबैध रुपमा भारतबाट नेपाल भित्र्यिाउदै गरेको २८ वटा ब्रोइलर कुखुरा नियन्त्रणमा लिएर नष्ट गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक दिपक नापितको नेतृत्वमा गएको सशस्त्र प्रहरीको गस्ती टोलिले ठोरी गाउँपालिका वडा नम्बर ४ गोपी बस्तीबाट उक्त कुखुरा बरामद गरी नष्ट पारेको हो ।
बरामद गरिएको कुखुरा स्थानीयबासी भद्रभलादमी र सन्चारकर्मीको रोहबरमा नष्ट गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण वीरगन्जका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिनुभयो ।















