रौतहट,सांसद प्रभु साहले नेतृत्व गरेको आम जनता पार्टी परित्याग गरी मधेस प्रदेशका पूर्वसांसद तथा पार्टीका उपमहासचिव कुन्दन कुशवाह सहित दर्जनभन्दा बढी नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ (ख) का पूर्वसांसद कुन्दन कुशवाहसहित आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, सञ्जयकुमार साह, केन्द्रीय सदस्य सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी पनि नेकपा एमालेमा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरु लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभएको थियो । नव प्रवेशी नेताहरु यसअघि आजपाका अध्यक्ष प्रभु साहका विश्वास पात्रको रुपमा चिनिएका थिए छ ।पार्टी मुख्यालय ज्यासल ललितपुरमा बिहीवार भएको कार्यक्रममा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शकर पोखरेल, केन्द्रीय सदस्य अजय गुप्ता, नेकपा एमाले रौतहट जिल्ला सचिव बाबुराम दाहाललगायत प्रदेश तथा रौतहट जिल्लाका एमालेका नेताहरुक‍ो उपस्थिति रहेको थियो ।

Leave a Reply