आरके राजन

सिम्रौनगढ,बाराको पचरौता नगरपालिकाको सीमा क्षेत्रमा पर्ने भारतको बनकटवा प्रखण्डको गोबिन्दपुरस्थित राजकीय प्राथमिक विद्यालयमा एक छात्राको करेन्ट लागेर मृत्यु भएको छ ।कक्षा तीनमा अध्ययन गर्ने ८ वर्षिय छात्रा अंशिकाकुमारीको मृत्यु भएको हो । चापाकलबाट पानी खाने क्रममा नाङ्गो तारमा परेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।उता, घटनाको खबर पाउन साथ प्रहरीले छात्राको शव नियन्त्रणमा लिएर पोस्टमार्टमको लागि पठाउने तैयारी गरेपछि अभिभावकसहित स्थानीयवासीले दोषिमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेको घोडासहनका राहुल कुमारले जानकारी गराउनु भएको छ ।घटनापछि विद्यालयका शिक्षकहरु भने फरार रहेको बताइएको छ ।

















