सिमरा,अक्षरा पाठशालामा चोरी गर्ने दुई जनालाई ईलाका प्रहरी कार्यालय सिमराले बिहीवार नियन्त्रणमा लिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमराबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट ल्यापटप र केही नगद बरामद भएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभएको छ ।

‘चोरीमा संलग्न दुई जनालाई पक्राउ गरेका छौं, ल्यापटप र केही नगद बरामद भएको छ, उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दैछौं ।’ क्षेत्रीले भन्नुभयो ।पक्राउ परेकाहरु १६ वर्ष भन्दा कम उमेर (नाबालक) भएकाले प्रहरीले उनीहरुको पहिचान भने खुलाएको छैन् । जीतपुरसिमरा वडा नम्बर १ स्थित अक्षरा पाठशालाबाट गत मंगलबार राती एक थान ल्यापटप, नगद ७० हजार र स्टेशनरी सामाग्री चोरी भएको थियो ।

Leave a Reply