कृष्ण मोहन साह
सेढवा – फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर साथै पर्साको ग्रामीण क्षेत्रमा रहेका एतिहासिक मेला जिराभवानी माईले प्रचलित बाबा बटेशवरनाथको मेलामा पनि आज बिहान बाट भक्तजनहरुको भिड लागेकोछ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेख छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।
माघमा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।
यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजबाट१०दिनसम जिराभवानी मेला लाग्ने गर्छन जिराभवानी गाउंपालिका अन्तर्गत पर्ने पांचै वार्ड का भक्तजनहरु तथा छिमेकी गांउपालिका लगायत भारत बिहारका बेतिया बनारस का भक्तजन हरुबयस मेला दर्शन गर्न आउने गर्छन । भगवान् श्री बटेशवरनाथ को दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज पर्साका ग्रामीण क्षेत्रका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारत बिहारका तीर्थयात्रीको जिराभवानी मन्दिरमा घुइंचो लागेको छ। यस बर्ष जिराभवानी मेलाको जिम्मेवारी स्थानीय लाई जिम्मेवारीमा दिएको गाउंपालिका स्रोतले जनाएका छन ।
यसैबीच जिराभवानी क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको मेला समितीका जानकार सदस्य सुभनारायन पटेलले बताउनुभयो । गत वर्षदेखि नै गांजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको थियो । यस वर्ष त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन तथा उछलिङगित कृयाकलाप गरेको पाइएमा प्रहरीले कारवाही गर्ने उहांले बताउनुभयो ।
साथै यस जिराभवानी मेलामा भक्तजनहरु को लागि युवा प्रगती समाज संघ को नेपाल को आयोजना मा निशुल्क पानी बितरण तथा गाउंपालिका द्वारा निशुल्क स्वास्थ सिबिर समेत सन्चालन गर्नुको साथै दर्शकहरुको लागी बिषेश मनोरन्जनको लागी मौतकुवा रोटेपिङ , रेल, पिङग , जादूगर बिषेश आकर्षक स्टलहरु लगाएतको अवलोकन तथा मनोरञ्जनात्मक खेल तमासा हेर्न पाइने मेला समितीका अध्यक्ष प्रेम खवास थारूले बताउनुभयो ।
यसैबिच आज पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक ले मेला को निरक्षण गर्नु को साथै विशेष पुजा आर्जा समेत गर्नु भएको छ पर्साको प्रमुख जिल्ला अधिकारी बिष्णु कार्की र प्रहरी उपरीक्षक गङा पन्त ले मेला को निरक्षण गर्नु को साथै मन्दिर १० मिनेट पुजा समेत गरेको मेला समितिले जनाएको छ ।