नरेश गुप्ता
बरियारपुर – नेपाल सरकारले लगाएको लक डाउनको बेला अव्यवस्थित रुपमा लगाईएको हाट बजारले कोरोनाको संक्रमणको खतरा बढाईको छ । सोसल डिस्टेनसिप अपनाएर अति आवश्यक बस्तु किनबेच गर्न दिइएको निर्देशनको अवज्ञा महागढीमाईको स्थानियहरुमा सजिलै देख्न सकिन्छ ।

महागढीमाई नगरपालिका ,स्थानीय प्रहरी प्रशासनले पटक पटक हाट बजार सोसल डिस्टेनसिपमा लगाउन स्थानिय ब्यापारीलाई अनुरोध गर्दा पनि हाट बजार ब्यवस्थापन हुन सकेको छैन । महागढीमाई नगर प्रमुख उपेन्द्र प्रसाद यादवले मंगलबार सुरक्षा समितिको भेला बोलाएर हाट बजारलाई ब्यवस्थापन गर्न आ आफ्नै टोल टोलमा बजार लगाउन माईकिङ्ग गरि कोरोना कोभिड बाट वचन आवश्यक सुरक्षा नीति अपनाउन जानकारी दिनु भयो ।
नेपाल सरकारले लगाएको लक डाउनको समय अवधी बैशाख ३ गते सम्म लम्बाईएकोले बाहिर बाट आउने ब्यक्तिको पहिचान गरि तुरुन्त प्रहरीलाई खबर गर्न नगर प्रमुख यादवले जानकारी दिनु भयो । बढी भिडभाड उन नदिन ,सार्वजनिक स्थानमा समुहमा नबस्न , लक डाउनको बेला सवारीसाधन नचलाउन ,घर भित्र बस्न सबै स्थानीयबा्सिलाई नगर प्रमुख यादवले आग्रह गर्नु भयो । यसै बिच लक डाउनको अवज्ञा गर्ने ५५ वटा मोटरसाइकल सशस्त्र प्रहरी बेस क्याम्प बरियारपुरले आफ्नो नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक दिनेश खडकाले बताउनु भयो ।



















