बजेट भनेको पैसा हो, यो बिना त कसैको पनि जीवन चल्न सक्ने कुरै भएन । सायद यही भएर पनि होला गत जेठ १५ गते आएको बजेटको विषयमा सदनमा खासै छलफल भएको छैन । अब यो बजेट पनि बहुमतको आधारमा आज पास हुन्छ नै ।त्यसो त बजेटमा विपक्षीहरुको पनि सहमति केमा हुुन्थ्यो र ? किन भने करिब १८ खर्ब उनीहरुको पनि त सम्पत्ति हो नि । विपक्षीहरुको बजेट सम्पत्ति नै भएपनि कम्तीमा बहस भने हुनुपर्ने थियो तर नेपालको सदनको अवस्था हेर्ने हो भने बजेटको बहसमा लगभग कुर्सी खाली नै थिए ।

एकजना बयोवृद्ध ढोंगी नेताले आफूलाई बजेटका विषयमा बहस गर्दा निन्द्रा लागेको पनि भन्दै थिए । बजेट कर्मकाण्डी भएको कुरा त यिनै नेताहरुको भनाईले पनि पुष्टी गर्ने गर्दछ । तैपनि सदनमा सांसदहरुले बजेटका विषयमा व्यापक छलफल चैं गर्नुपर्दथ्यो तर छलफल र बहस खासै भएको छैन किन भने पैसा सबैलाई चाहिएको छ । अनि कसको किन आलोचना गर्ने भन्ने पनि होला ।

फेरि बजेटको कमजोरीको पक्षमाभन्दा पनि आफ्नो निर्वाचन क्षेत्रमा कम पैसा परेको विषयमा नेपालको सदनमा बढी बहस ह्ुनेगर्दछ । एमाले अध्यक्ष केपी ओलीले बाहिर-बाहिर बजेटको आलोचना गरे पनि सदनमा गएर बोलेको भने सुनिएको छैन ।सार्वभौम भनेको नेपालको सदन नै हो, यही ठाउँमा छलफल र बहस हुनुपर्दछ अन्यन्त्र भनेर खासै अर्थ रहदैन ।

Leave a Reply