कृष्णउदास खनाल
वीरगञ्ज, मुलुुकको प्रमुख व्यापारिक नाका, वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको सात महिनाको अन्तरालमा विभिन्न सामानहरुको आयात र निर्यातको अवस्था हेर्दा निर्यात एकदमै कमजोर देखिएको छ ।वीरगञ्ज भन्सारले उपलब्ध गराएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि माघ महिनासम्मको अवस्था हेर्दा आयात तुलनामा निर्यात एकदमै कमजोर देखिएको हो । माघ महिनासम्ममा वीरगञ्ज भन्सारले ११ अर्ब, ८३ करोड, २७ लाख, ५८ हजार रुपैयाँ राजश्व संकलनमा गरेकोमा ४८ अर्ब, २४ करोड, ५७ लाख ५ हजार बरावारका विभिन्न बस्तुहरु आयात हुँदा जम्मा यो अवधिमा २ अर्ब, २२ करोड, २६ लाख ४४ हजार बरावरको सामानहरु मात्रै निर्यात भएको छ ।
वीरगञ्ज भन्सारबाट आयातको अवस्था हेर्दा निर्यात एकदमै कमजोर देखिनुमा बैदेशिक व्यापार घाटा पनि रहेको भन्सारका अधिकारीहरुले बताएका छन् । देशको आर्थिक अवस्था कमजोर भएकाले पनि यसको असर निर्यातमा परेको दाबी भन्सारका अधिकारीहरुको छ । यो नाकाबाट माघ महिनासम्ममा पहिलो नम्बरमा प्रशोधित पाम आयल नै निर्यात भएको छ भने आयातमा डिजेल नै एक नम्बरमा रहेको छ ।त्यसरी नै फलफूलको जुस पनि पहिलो नम्बरमा नै निर्यात भएको छ, यो नाकाबाट । बैदेशिक व्यापारमा भने भारत एक नम्बरमा नै रहेको वीरगञ्ज भन्सारले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।


















