कृष्ण मोहन साह

सेढवा,पर्साको जिराभवानी गाउँपालिकाबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित एउटा भारतीय मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

प्रहरी चौकी महादेवपट्टीबाट प्रहरी सहायक निरीक्षक जितनप्रसाद यादवको नेतृत्वमा गएको गस्ती टोलीले जिराभवानी गाउँपालिका वडा नम्बर १ को ओरिया खोलाको बाटो हुँदै नेपालबाट भारततर्फ जादै गरेको बिआर ०५ एम ४१०२ नम्बरको मोटरसाइकलमा लोड गरिएको अवस्थामा ८ किलोग्राम अवैध गाँजा बिहीबार बेलुका ४ बजे नियन्त्रणमा लिएको हो ।

प्रहरीलाई देख्ने बित्तिकै गाँजासहित तस्करहरु मोटरसाइकल छोडेर भागेकोले पक्राउ गर्न नसकिएको प्रहरी चौकी महदेवपट्टीले जनाएको छ ।

नियन्त्रणमा लिइएको गाँजासहित मोटरसाइकल आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाउने तयारी भएको र गाँजा तस्करहरुको खोजी कार्य पनि तीव्ररुपमा भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here