कर्मचारी,जनप्रतिनिधि जे भएपनि सबैको आफ्नो आफ्नो कार्यक्षेत्र र अधिकार छ । उनीहरुको अधिकारको बारोम संबिधानले नै स्पष्ट रुपमा तोकिदिएको छ ।नेपालमा झण्डै दुई दशक जनप्रतिनिधि नहुँदा पनि कर्मचारीहरुले स्थानीय सरकार चलाएका थिए तर जनप्रतिनिधिले संचालन गरेको जस्तो थिएन,स्थानीय तह । अहिले जनप्रतिनिधि आएपछि पनि कतिपय स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधिकाबीचमा उत्पन्न विवादले भने स्थानीय तहमा थप समस्या उत्पन्न भएको देखिन्छ र जसको सिधा असर नागरिकहरुमा पर्ने गरेको छ । कर्मचारीलाई जवरजस्त विवादमा ल्याउनु पनि हुदैन । अर्कोतर्फ कर्मचारीले पनि विवादमा आउने काम गर्नुहुदैन । आफ्नो पदीय मर्यादामा बसेर कर्मचारीहरुले काम गर्नु पर्दछ । राजनीति गर्न खोज्दा पनि समस्या हुने गर्दछ ।

बाराको जीतपुरसिमराका मेयरले त्यहाँका प्रमुख प्रशासकीय अधिकृतको बचाउ गरेको देखियो । अब यहाँनिर स्पष्ट नभएको कुरा के हो भने यदि प्रमुख प्रशासकीय अधिकृत तटस्थ व्यक्ति भएको भए किन मेयरले मात्रै ओट दिनु पर्यो ?फेरि प्रमुख प्रशासकीय अधिकृत फेरबदर पनि भइरहन्छन् यो सामान्य कुरा पनि हो । यही हाकिमनै चाहिन्छ भन्नुको पछाडि चाही स्वार्थ लुकेको छ भन्ने बुझ्नुपर्छ ।

स्वार्थ भएपछि समस्या हुन्छ नै । प्रमुख हाकिमको व्यवहार तटस्थ भएको भए जीतपुरसिमरामा समस्या पनि हुन्थेन होला । हाकिम विवादमा आउने कुरा पनि हुन्थेन । जनप्रतिनिधि र कर्मचरीबीचको तालमेल नमिल्दा र मेयरको काम गर्ने अनि नेतृत्व गर्ने शैली नहँुदा पनि समस्या भएको हो र यसमा हाकिमलाई विवादमा ल्याउदा अहिले परिणाम नराम्रो भएको छ र जसले कसैलाई फाइदा भएन र अन्ततः हाकिमको अमेरिका जाने कार्यक्रम समेत रोकियो ।

Leave a Reply