राजन बानिया
खरिया ,न्यु जनचाहना युवा क्लब हरिहरपुरद्वारा आयोजना गरिएको एक दिने निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।पर्साको धोबिनी गाउँपालिका वडा नं ३ हरिहरपुरमा स्वास्थ्य शिविर आयोजना गरिएको हो । हरिहरपुरमा आयोजना भएको निःशुल्क स्वस्थ्य परीक्षण शिविरमा ६ सय ५० जनाले चेकजाँच गराउनु भएको न्यु जनचाहना युवा क्लबका अध्यक्ष प्रदीप नेपालले जानकारी दिनुभयो ।शिविरमा निःशुल्क औषधी समेत वितरण गरिएको थियो । धोबिनी गाउँपालिका अध्यक्ष मदन चौहान र उपेयरको प्रतिनिधि श्यामप्रसाद कुर्मीले शिविर संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।डाक्टर रामनरेश यादव, दिपेश साह, रन्जित यादव, उज्ज्वल दास लगायतले विरामीहरुको परीक्षण गर्नुभएको भएको हो ।कार्यक्रममा वडाअध्यक्ष राजकिशोर प्रसाद कुर्मी, बन्धु साह ते, मनौर अहमद, सन्तोष पटेल, सलाउदिन अहमद, स्वास्थ्य शाखा प्रमुख संजय यादव, जंगबहादुर कुर्मी, धुरुब साह, सरोज पटेल, रामनरेश यादव र न्यु जनचाहना युवा क्लबका रामाधार पटेल, पवन पटेल, बाडाबाबू पटेल, मानसिग पटेल, मुकेश गुप्ता निरान्जन पटेल, उपेन्द्र पटेल लगायतको सहभागिता थियो ।

Leave a Reply