राजन कुमार बानिया

पोखरिया,पर्साको धोविनी गाउँपालिकास्थित भिखमपुर प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान हाउसहोल्ड अक्सिजन अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ ।

हन्ड्रेड्स ग्रुपले स्वास्थ्य कार्यालय पर्सामार्फत उपलब्ध गराएको अक्सिजन कन्सनट्रेटर स्थानीय युवा नेता सन्तोष पटेलले केन्द्रका इन्चार्ज सन्तोष साहलाई हस्तान्तरण गर्नुभएको हो । कोरोनाभाइरस महामारीको समयमा अक्सिजनको आभावमा कसैलेपनि ज्यान गुमाउनु नपरोस भन्ने अभिप्रायले नेता पटेलले विशेष पहल गरेर स्वास्थ्य चौकीलाई अक्सिजन कन्सनट्रेटर उपलब्ध गराउनुभएको हो ।

कन्सनट्रेटर सहयोगले स्थानीयको स्वास्थ्य सुरक्षामा मद्दत मिल्ने केन्द्रका इन्चार्ज साहले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा वडा अध्यक्ष नन्दलाल प्रसाद कुर्मी, गाविसका पूर्वअध्यक्ष अम्बिका राउत कुर्मी, नेकपाका जिल्ला सदस्य हरि राउत कुर्मी, उमेश पटेल, राम प्रसाद, अमित पटेल लगायतको उपस्थिति रहेको थियो ग्रुपले स्वास्थ्य कार्यालय पर्सालाई जिल्लाको विभिन्न स्थानमा हस्तान्तरण गर्ने गरी केहि दिन अगाडि २० थान कन्सनट्रेटर उपलब्ध गराएको थियो ।

Leave a Reply