सिमरा,गैरआवासीय नेपाली संघको अफ्रिकास्थित राष्ट्रिय समन्वय समितिहरुको संयुक्त अभियानले बाराको सिमरास्थित आईसोलेशनलाई करिब ७० हजार बराबरको स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ ।

संघले सोमबार प्रदेश नम्बर २ बाराको जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा संचालित आइसोलेशन सेन्टरमा आवश्यक पर्ने स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । वडा नम्बर २ र स्थानीय युवाहरुको समुहले संचालनमा ल्याएको १० सैयाको आइसोलेशनलाई थप व्यवस्थित बनाउन राष्ट्रिय समन्वय समिति अन्तरगत युगान्डाबाट सहयोग हस्तान्तरण गरेको हो । संघले आइसोलेशनलाई आवश्यक पर्ने सोडिएम हाइपोक्लोराईड २५ लिटर, सेनिटाईजर ५० लिटर, सरजीकल ग्लोभस २ सय थान, डिजीटल थर्मोमिटर ५ थान, अक्सिमिटर ५ थान, बेटाडिन ५ लिटर, सरजीकल मास्क ३ हजार थान र सिटमोल एक सय पत्तासहितका स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष तिलकबहादुर श्रेष्ठ, कार्यपालिका सदस्य शोभा कार्की, वडा सदस्य धनबहादुर श्रेष्ठ, चिनिमाया परियार, गैरआवासीय नेपाली संघ युगान्डाका कोषध्यक्ष संजीव शर्मा, स्थानीय समाजसेवी अफताब आलम, आइसोलेशन संंचालक समितिका प्रकाश ढुङ्गाना लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी गैरआवासीय नेपाली संघका अफ्रिकाका क्षेत्रीय संयोजक रोशन थापाले जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघलाई अक्सि बैँक स्थापना गर्न अक्सि मिटर उपलब्ध गराउनुभएको छ । जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले पैसा नहुनेहरुका लागि अक्सि मिटर किन्न गाह्रो हुने भएकोले अक्सि बैँक स्थापना गरेको र एनआरएनको तर्फबाट संघलाई २० थान अक्सिमिटर सहयोग गरिएको नेपालका सहयोगी एवम एपी खबर डटकमका संचालक अनिल तिवारीले जानकारी दिनुभयो । हस्तान्तरण कार्यक्रममा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघ जीतपुरका अध्यक्ष संजय साह, पुर्वअध्यक्ष घन्श्याम गिरी, स्थानीय समाजसेवी आफताब आलम ईलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी नायव निरक्षक कृष्णदेव सिह लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply