वीरगञ्ज,वीरगन्जका मेयर राजेशमान सिंहसँग गृह मन्त्रालयको टोलीले शनिवार सवा दुई घण्टाको बयान लिएको छ ।फर्जी विवरणको आधारमा नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध जाहेरी परेपछि गृह मन्त्रालयको टोलीले बयान लिएको हो ।गृह मन्त्रालयको टोलीले मेयर सिंहसँग मौखिक तथा सोधपुछ कागज गराएको जिल्ला प्रशासन कार्यालय जनाएको छ । बयानका क्रममा मेयर सिंहले रुविना आफ्नो छोरी भएको स्वीकारेको जनाइएको छ ।
गृह मन्त्रालयको टोली समक्ष मेयर सिंहले,‘रुविना श्रेष्ठ मेरै छोरी हो, उसको जन्मदर्तामा पनि मेरै नाम छ । मैले दुईवटा बिहे गरेको छु ।’ भनेर बयान दिएको स्रोतले जनाएको छ ।मेयर सिंहसँग बयान लिइसकेपछि गृह मन्त्रालयको टोलीले सम्बन्धित अन्य व्यक्तिसँग सोधपुछ गरेको जिल्ला प्रशासन कार्यालय स्रोतको बताएको छ ।

Leave a Reply