सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १८ उचिडीमा स्वास्थ्य सेवा प्रवाह भइरहेका बेला स्वास्थ्य संस्थाको प्राङ्गणमा कलैया उपमहानगरपालिकाका नगर प्रहरी र केही व्यक्तिले गरेको हस्तक्षेपप्रति वडा नम्बर १८ ले घोर भ्रत्सना गरेको छ ।

जीतपुरसिमरा वडा नम्बर १८ का वडा अध्यक्ष चतुरबाबु वाग्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा आइतवार दिउँसो भएको घटनाको विरोध गर्दै एक पालिकाले अर्को पालिकाको स्वायत्त अधिकारमाथि शक्ति प्रयोग गरेर हस्तक्षेप गरी निर्माणाधिन भौतिक संरचनाको तोडफोड, अवरोध र हुल हुज्जत जस्ता पदीय मर्यादा कायम नराखेको भन्दै भ्रत्सना गरिएको हो । यो घटनाको अहिले सामाजिक सञ्जालमा समेत व्यापक विरोध भइरहेको छ ।

Leave a Reply