रामकिशोर चौधरी
सखुवाप्रसौनी,पर्साको जीवन ज्योति ईङ्गलिस बोडिङ्ग स्कुलले चितवनको सिमलताल पहिरो पीडित परिवारका बालबालिकालाई छात्रवृत्ति सहयोग प्रदान गर्ने भएको छ।सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादवको पहलमा जीवन ज्योति ईङ्गलिस बोडिङ्गले पहिरो पीडितलाई छात्रवृत्ति सहयोग प्रदान गर्ने भएको हो । गत असास २८ गतेको भरतपुर नगरपालिकाको सिमलताल पहिरोमा बस दुर्घटना हुँदा बेपत्ता भएका सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर २ निवासी हृदयनरायण राउत थारुको कान्छा छोरा चन्दन राउत थारुलाई छात्रवृत्ति दिने निर्णय गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले कक्षा ६ मा अध्ययनरत चन्दन राउत थारुलाई १२ कक्षासम्म निःशुल्क पढाउने र भविष्यमा रोजगारीको अवसर पनि प्रदान गर्ने बताउनुभयो ।साथै, सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यसवन्त यादवले बेपत्ता परिवारलाई व्यक्तिगत रुपमा ५० हजार रूपैयाँ सहयोग गर्नु भएको छ । अध्यक्ष यसवन्त यादव, प्रमुख प्रशासकीय अधिकृत राजेश रौनिया, वडा नम्बर २ का अध्यक्ष चिरञ्जीवी महतो थारु, श्री दिपनरायण आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक शिवनाथ चौधरी लगायतको टोली पीडित परिवारको घरमै पुगेर बुधवार सो रकम सहयोग गर्नुभएको थियो ।
















