दुष्यन्त चौधरी
कलैया , ११ माघ । बाराका १६ वटा स्थानीय तह मध्ये २ स्थानीय तहले सोनाम ल्होसारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । बाराको निजगढ नगरपालिका तथा कोल्हवी नगरपालिकाले २८ सय ५६ औँ सोनाम ल्होसारको अवसरमा आईतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
दुबै पालिकाका नगर प्रमुखले एक सुचना जारी गर्दै नगरपालिका मातहतका निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो । नगरमा तामाङ समुदायको बाहुल्यता भएकाले सोनाम ल्होसारका दिन बिदा दिने निर्णय गरिएको कोल्हवी नगरपालिकाका नगर प्रमुख भरत बहादुर भण्डारी तथा निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताए । तामाङ समुदायले नँया वर्षका रुपमा यो पर्वलाई एक सातासम्म मनाउने गर्दछन् ।