सिम्रौनगढ,सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख र कार्यपालिकाका सदस्यहरुबीच देखिएको विवादका कारण नगरपालिका कार्यालय प्रमुख प्रशासकीय अधिकृत विहीन बन्नपुगेको छ । नगर प्रमुख किशोरीप्रसाद कलवार र कांग्रेस पार्टीका सहित बहुमत कार्यपालिका सदस्यहरुबीच नगरपालिकाको अघिल्लो कार्यकालमा भर्ना गरिएका करार सेवाका कर्मचारीको म्याद थप गर्ने विवाद चर्किदै गएपछि काम गर्ने वातावरण गर्ने वातावरण नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृतहरु कार्यालयमा बस्न नमानेका हुन ।सिम्रौनगढ नगरपालिकामा दोस्रो कार्यकालको लागि निर्वाचित भएका जनप्रतिनिधिले एक वर्ष भईसके पनि प्रमुख प्रशासकीय अधिकृतलाई भने टिकाउन सकेका छैनन् । यो अवधिमा सिम्रौनगढमा ४ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन ।नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओम जैसवालको काज फिर्ता भएपछि निमित्तको जिम्मेवारी पाएका आठौं तहका कर्मचारी बिरेन्द्र साह केही समय नबित्दै भ्रष्टाचार मुद्दामा तानिएपछि कार्यालयमा अधिकृत फेरिने क्रम सुरु भएको हो । संघीय विकास मन्त्रालयबाट उपसचिव दिनेश न्यौपाने र प्रकाश खनाल पनि छोटो अवधिमात्रै नगरपालिकामा बसेर मन्त्रालयमा फिर्ता भएका छन ।नगर प्रमुख किशोरीप्रसाद कलवार र बहुमत कार्यपालिका सदस्यहरुबीच चर्किदैआएको कलवार र वडा अध्यक्ष बीच आपसी भागवण्डा नमिलेको र करार कर्मचारी विवादको कारण कार्यालय प्रमुख न्यौपाने ६ महिना नबित्दै सिम्रौनगढ छाडनुभएको होे । अधिकृत न्यौपानेको ठाउँमा मन्त्रालयले अर्का उपसचिव प्रकाश खनाललाई नियुक्ति गरेर सिम्रौनगढ पठाएको थियो । तर उहाँ पनि नगरपालिकाको विवाद मिलाउन असफल भएपछि एक महिना नबित्दै मन्त्रालयमै फर्किनुभएको छ ।कार्यपालिकामा बढेको विवाद र प्रमुख प्रशासकीय अधिकृतको अभावमा नगरपालिकामा आ.व. ०८०,०८१ को नगर सभा आयोजना गर्न सकेको छैन । जसका कारण समयमै बजेट ल्याउन सिम्रौनगढ असफल भएको छ ।स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहहरुले असार १० गतेभित्र नगरसभा–गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । यसरी असार १० गते सभामा पेस गरेको बजेट १५ दिनभित्र अर्थात् असार २५ गतेभित्र पारित गरिसक्नुपर्ने व्यवस्था छ ।

Leave a Reply