कोल्हबी,कोल्हबी नगरपालिका वडा नम्बर ५ ककडी टोलमा शुक्रवार राती जंगली हात्ती प्रवेश गरि बस्तिमा आतंक मच्चाएको छ । शुक्रवार राती ११ बजेको समयमा आएको हात्तीको बथानले ककडी गाउँभन्दा उत्तरतर्फ किसानले लगाएको मकै र गहु बाली खान लाग्दा स्थानीयहरुले हल्ला गरि धपाएर भगाएका थिए ।

सोही हात्तीको बथान बिहान ४ बजे फेरि बस्तिमा प्रवेश गरि स्थानीय बैजनाथ चौधरीको घरको बार भत्काइ घरभित्र रहेको दुई बोरा चामल खाएर नष्ट गरेको छ। जंगली हात्तीले घरको बार भत्काएको जानकारी पाएपछि चौधरीको परिवारले घरबाट भागेर ज्यान जोगाएका थिए । हात्तीले करिब एक घण्टासम्म बस्तीमा बसेर उपध्रो मच्याएको थियो ।

Leave a Reply